Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन


१७ जेठ, काठमाडाैँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आज नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा सम्बोधन गर्दै सङ्गठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।

महानिरीक्षक कुँवरले भने, “त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, सङ्गठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थभन्दा सङ्गठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारबाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।”

प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व सङ्कलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखले आआफ्नो मातहत कार्यालयको सुपरीवेक्षण तथा अनुगमन गर्न आग्रह गरेका छन् ।

नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले सङ्गठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरी सङ्गठनको लक्ष्य प्राप्तिका लागि सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?