Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक


१३ जेष्ठ ,काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कार्यक्रमले राष्ट्र र राष्ट्रिय हितको संरक्षण गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य लिएको बताए ।

“यसले अहिलेको संवैधानिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र परिवेशलाई मूल्याङ्कन गरेको छ । हामीले राष्ट्रिय हितको जगेर्ना गर्दै समृद्ध र न्यायपूर्ण नेपाल बनाउँछौँ भन्ने गन्तव्य नीति कार्यक्रमले देखाएको छ”, उनले भने ।

नीति कार्यक्रमले संविधानको कार्यान्वयन, अर्थतन्त्रमा सुधार गर्ने, सुशासनको प्रत्याभूति दिलाउने, शासकीय सेवा प्रवाहमा सुधार गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, रोजगारीमा वृद्धि गर्ने, पर्यावरणीय सन्तुलन गर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

“सबै प्रकारका विभेदको अन्त्य गर्ने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, दिगो एवं भरपर्दो पूर्वाधार विकास गर्ने, शिक्षा, स्वास्थ्यजस्ता अधारभूत विषयमा सरल र सहजरूपमा नागरिकको पहुँच स्थापित गर्ने र आत्मनिर्भर हुँदै निर्यातमुखी उत्पादन व्यवस्था अगाडि बढाउने विषय यसले समावेश गरेको छ”, प्रमुख सचेतक लेखकले भने ।

नीति कार्यक्रमले आजको स्थितिलाई विश्लेषण तथा जानुपर्ने गन्तव्यलाई निर्धारण गर्नुका साथै त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेकाले आफ्नो पार्टीले नीति तथा कार्यक्रमलाई स्वीकार र समर्थन गरेको उनले बताए ।

“नीति कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणापत्र हो । मूलतः यो घोषणापत्रले तीनवटा कुरा बोकेको छ । तत्कालीन आर्थिक, संवैधानिक र शासकीय अवस्थाका बारेमा सूक्ष्म अध्ययन गरेर विश्लेषण गरेको छ”, उनले भने ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?