Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सिडेनको इतिहासमै महासचिवमा पहिलो पटक महिला उम्मेदवार


८ जेष्ठ ,काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छिन् । यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन् । सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलोपटक हो ।

पेशाले आर्किटेक्ट इञ्जिनियर शाह नेविसंघकी पूर्व केन्दी्रय सदस्य समेत हुन् । डोल्पा स्थायी घर भएकी शाह एनएसयू टेक फेस्टकी संस्थापक हुन् भने बिजनेश एण्ड प्रोफेसनल वुमनकी कार्यकारी सदस्य हुन् ।
सिडेन नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको संस्था हो । ‘अहिले देशभरका अग्रज र साथीहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु । उहाँहरुले मप्रति देखाएको विश्वास र भरोसा टुट्न दिने छैन, महासचिवको उम्मेदवार शाहले भनिन्, ‘७औं महाधिवेशनले सिडेनमा पहिलो पटक महिला महासचिव बनाएर इतिहास रच्नेमा म विश्वस्त छु ।’ नेपाल इञ्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेकी शाह शालिन र क्षमतावान् नेतृका रुपमा परिचित छिन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?