Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सिडेनको इतिहासमै महासचिवमा पहिलो पटक महिला उम्मेदवार


८ जेष्ठ ,काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छिन् । यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन् । सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलोपटक हो ।

पेशाले आर्किटेक्ट इञ्जिनियर शाह नेविसंघकी पूर्व केन्दी्रय सदस्य समेत हुन् । डोल्पा स्थायी घर भएकी शाह एनएसयू टेक फेस्टकी संस्थापक हुन् भने बिजनेश एण्ड प्रोफेसनल वुमनकी कार्यकारी सदस्य हुन् ।
सिडेन नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको संस्था हो । ‘अहिले देशभरका अग्रज र साथीहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु । उहाँहरुले मप्रति देखाएको विश्वास र भरोसा टुट्न दिने छैन, महासचिवको उम्मेदवार शाहले भनिन्, ‘७औं महाधिवेशनले सिडेनमा पहिलो पटक महिला महासचिव बनाएर इतिहास रच्नेमा म विश्वस्त छु ।’ नेपाल इञ्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेकी शाह शालिन र क्षमतावान् नेतृका रुपमा परिचित छिन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?