Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने


८ जेठ, काठमाडाैँ । विधायन व्यवस्थापन समितिले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय भएको जानकारी दिए ।

उनले विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने प्रभावका सम्बन्धमा छलफल गरेको भए पनि  दफाबार छलफल अगाडि बढाउन नसकिएको बताए ।

“सबैखाले महामारी र संक्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाका क्रममा रहेको भन्ने सम्बन्धित मन्त्रालयबाट समितिमा जानकारी प्राप्त भएको हुँदा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ”, उनले भने ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?