Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बखमुतको विनाश सन् १९४५ को हिरोशिमाको जस्तै छ : जेलेन्स्की


८ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत शहरको ‘विनाश’ लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोशिमामा भएको विनाशसँग तुलना गर्नुभएको छ ।

युद्धपूर्व ७० हजार जनसङ्ख्या भएको बखमुत रूसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ ।

महिनौँसम्म चलेको भीषण लडाइँको समयमा बखमुतबाट यदाकदा देखाइएका दृश्यहरूमा उक्त स्थानलाई भग्नावशेषको शहर देखाइएको छ ।

जेलेन्स्कीले भने, “हिरोसिमाको फोटोले मलाई बखमुतको सम्झना गराउँछ । त्यहाँ केही पनि जीवित छैन ।”

उनले भने, “सबै भवनहरू ध्वस्त भएका छन् । पूर्ण रूपमा विनाश भएका छन् । त्यहाँ मानिसहरू छैनन् अर्थात् केही पनि छैन ।”

जेलेन्स्कीले जापानले हिरोशिमामा गरेको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी शहर र शहरहरूको पुनर्निर्माण गर्न प्रेरित गरेको बताए ।

“अहिले, हिरोशिमाको पुनर्निर्माण भएको छ । शहर राम्रो उदाहरण बनेको छ,” उनले भने ।

उनले थपे, “हामी हाम्रा सबै शहरहरू पुनर्निर्माण गर्ने सपना देख्छौं जुन अहिले भग्नावशेषमा छन् । रूसी आक्रमणपछि धेरै गाउँमा एउटा पनि घर बाँकी छैन ।”

रूसले बखमुतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको एक दिनपछि जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले स्पष्ट जवाफ नदिइकन रूसी सेना बखमुतमा रहेको तर त्यसलाई कब्जामा नलिएको बताए ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?