Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बखमुतको विनाश सन् १९४५ को हिरोशिमाको जस्तै छ : जेलेन्स्की


८ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत शहरको ‘विनाश’ लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोशिमामा भएको विनाशसँग तुलना गर्नुभएको छ ।

युद्धपूर्व ७० हजार जनसङ्ख्या भएको बखमुत रूसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ ।

महिनौँसम्म चलेको भीषण लडाइँको समयमा बखमुतबाट यदाकदा देखाइएका दृश्यहरूमा उक्त स्थानलाई भग्नावशेषको शहर देखाइएको छ ।

जेलेन्स्कीले भने, “हिरोसिमाको फोटोले मलाई बखमुतको सम्झना गराउँछ । त्यहाँ केही पनि जीवित छैन ।”

उनले भने, “सबै भवनहरू ध्वस्त भएका छन् । पूर्ण रूपमा विनाश भएका छन् । त्यहाँ मानिसहरू छैनन् अर्थात् केही पनि छैन ।”

जेलेन्स्कीले जापानले हिरोशिमामा गरेको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी शहर र शहरहरूको पुनर्निर्माण गर्न प्रेरित गरेको बताए ।

“अहिले, हिरोशिमाको पुनर्निर्माण भएको छ । शहर राम्रो उदाहरण बनेको छ,” उनले भने ।

उनले थपे, “हामी हाम्रा सबै शहरहरू पुनर्निर्माण गर्ने सपना देख्छौं जुन अहिले भग्नावशेषमा छन् । रूसी आक्रमणपछि धेरै गाउँमा एउटा पनि घर बाँकी छैन ।”

रूसले बखमुतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको एक दिनपछि जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले स्पष्ट जवाफ नदिइकन रूसी सेना बखमुतमा रहेको तर त्यसलाई कब्जामा नलिएको बताए ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?