Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक


५ जेष्ठ ,काठमाडौँ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गरे ।

पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सङ्घीयतासहितको संविधान उत्कृष्ठ रहेको र यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पुस्तक पढ्न र आफ्नो अनुभव साट्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, “तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र सङ्घीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण छ । न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ ।”

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सङ्घीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले सो प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको र लेखनका लागि सदा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको व्याख्या जटिल विषयमा भएको र गणतन्त्र, प्रजातान्त्रक, सङ्घीयता र समावेशीताको विषयमा पुस्तकले राम्रो व्याख्या गरेको बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्तावेज भएको टिप्पणी गरे ।

पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले देश, जनता र विधिको शासनप्रति आफू असाध्यै संवेदनशील भएको हुँदा संविधानको सेरोफेरोमा आफूलाई पुस्तक लेख्न आनन्द लाग्ने बताए ।

अधिवक्ता ललितबहादुर बस्नेतले संविधानको सकरात्मक व्याख्या गर्ने विषयमा पुस्तकले स्पष्ट व्याख्या गरेको उल्लेख गर्दै पुस्तक ऐतिहासिक संग्रहनीय दस्तावेज भएको बताए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?