Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज जेनेभा जाँदै स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा छ सदस्यीय टोली


५ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिए ।

मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटासहित ६ सदस्यीय टोली सहभागी हुने छन् । सम्मेलन यही मे २१ देखि ३० सम्म चल्ने छ ।

दुई दिन सम्मेलनलाई सम्बोधन गरेर आफू स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतका अनुसार सङ्गठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने महासभाका मुख्य एजेण्डा रहेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रका दाता तथा सम्बद्ध निकायहरूसँग भेटवार्ता गर्ने, नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका आयामहरू बारे छलफल गर्ने मन्त्री बस्नेतको भनाइ छ ।

यसैगरी, मन्त्री बस्नेतले नेपालले विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकको उम्मेदवारी दिने हुँदा सो सम्बन्धी पनि पैरवी गर्ने जानकारी दिए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?