Trending
>>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

आज जेनेभा जाँदै स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा छ सदस्यीय टोली


५ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिए ।

मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटासहित ६ सदस्यीय टोली सहभागी हुने छन् । सम्मेलन यही मे २१ देखि ३० सम्म चल्ने छ ।

दुई दिन सम्मेलनलाई सम्बोधन गरेर आफू स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतका अनुसार सङ्गठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने महासभाका मुख्य एजेण्डा रहेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रका दाता तथा सम्बद्ध निकायहरूसँग भेटवार्ता गर्ने, नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका आयामहरू बारे छलफल गर्ने मन्त्री बस्नेतको भनाइ छ ।

यसैगरी, मन्त्री बस्नेतले नेपालले विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकको उम्मेदवारी दिने हुँदा सो सम्बन्धी पनि पैरवी गर्ने जानकारी दिए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?