Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ


४ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उनले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गरे ।

“प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन”, उनले भने, “अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।”

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताए । छानबिनलाई निष्कर्षमा पु¥याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठलाई प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो । भ्रष्टाचार विरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जनाएको छ । प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको नेतृत्वको प्रतिनिधिमण्डलमा सहईन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?