२ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।
मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।
सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । लक्षमण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ ।
प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार