Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

सत्ता गठबन्धनको बैठकमा के विषयमा भयो छलफल ?


२ जेठ, काठमाडाैँ । सत्तारुढ दलको सिंहदरबारमा भएको छलफलमा नीति तथा कार्यक्रमको प्राथमिकताका विषयमा छलफल भएको छ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले ल्याउन यो आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ल्याउने विषयमा गठबन्धनमा रहेका दलका नेतासँग सुझाव संकलन भएको जानकारी दिए। पाण्डेले भने, “माननीय अर्थमन्त्री ज्युले सबैलाई सुझाव लिन बोलाउनुभएको रहेछ। यही विषयमा कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्यौं।”

सरकारको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताबारे सांसदले सदनमा यसअघि सुझाव सङ्कलन भएको अवस्थामा दलका नेताबाट पनि समावेश गर्नुपर्ने सुझाव लिइएको उनको भनाइ छ।

उनले भने, “संसदबाट सिद्धान्त र प्राथमिकताका बारेमा हामी सबैले सिद्धान्त र प्राथमिकताका बारेमा सुझाव दिएका थियौं । पार्टीका नेताका तर्फबाट पनि केही विषयवस्तु समावेश गर्नुपर्ने भए सुझाव दिने भन्ने कुरा भएको छ । समयको चाप छ, बाँकी रह्यो भने अझै लिखित सुझाव दिनुहोला भन्ने कुरा भएको छ ।”

उनले देशको अहिले वर्तमान अवस्थामा कृषि, पर्यटनमा रोजगारी सिर्जनाको क्षेत्रमा जोड दिएर देशबाट पलायन भएका प्रतिभा, युवा जनशक्तिको विषयमा मध्यनजर गर्दै शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा मुख्य छलफल भएको बताए।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?