Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना


१ जेष्ठ ,सिन्धुपाल्चोक । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानमा अवलोकन तथा निरीक्षण गरेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति दिलकुमारी रावल थापा पार्वती एवं अन्य सदस्यहरू टोलीमा सहभागी थिए । मुहान निरीक्षणपछि कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले सरकारले विशेष ध्यान दिएर दीर्घकालीन रूपमा पानी लाने काम गर्नुपर्ने बताए । अन्य क्षेत्रलाई भन्दा महत्त्व दिएर मेलम्ची खानेपानीलाई बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले बाढीले मेलम्ची आयोजनाको मुहान स्थल र यस भेगमा पुर्याएको क्षतिको पुनःनिर्माणसरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

आयोजनासँगै मुहान स्थल पुग्ने सडक मर्मत कार्य पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । यहाँका स्थानीयवासीको आवश्यकतालाई पनि सरकारले ध्यान दिएर सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले विपद् जुनसुकै बेला आउने भएकाले ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले खानेपानी समिति खारेज गर्दा काम गर्न असहज भएको गुनासो आएकाले सरकारले यस्ता समिति खारेज गर्दा ध्यान पुर्याउनुपर्ने बताए । आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगतदेखि वर्तमानसम्मका अवस्था र उपलब्धिका बारेमा जानकारी गराएका थिए । उनले अस्थायीरूपमा वर्षामा पनि पानी पठाउन प्रयास भइरहेको बताए ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?