Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना


१ जेष्ठ ,सिन्धुपाल्चोक । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानमा अवलोकन तथा निरीक्षण गरेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति दिलकुमारी रावल थापा पार्वती एवं अन्य सदस्यहरू टोलीमा सहभागी थिए । मुहान निरीक्षणपछि कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले सरकारले विशेष ध्यान दिएर दीर्घकालीन रूपमा पानी लाने काम गर्नुपर्ने बताए । अन्य क्षेत्रलाई भन्दा महत्त्व दिएर मेलम्ची खानेपानीलाई बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले बाढीले मेलम्ची आयोजनाको मुहान स्थल र यस भेगमा पुर्याएको क्षतिको पुनःनिर्माणसरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

आयोजनासँगै मुहान स्थल पुग्ने सडक मर्मत कार्य पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । यहाँका स्थानीयवासीको आवश्यकतालाई पनि सरकारले ध्यान दिएर सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले विपद् जुनसुकै बेला आउने भएकाले ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले खानेपानी समिति खारेज गर्दा काम गर्न असहज भएको गुनासो आएकाले सरकारले यस्ता समिति खारेज गर्दा ध्यान पुर्याउनुपर्ने बताए । आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगतदेखि वर्तमानसम्मका अवस्था र उपलब्धिका बारेमा जानकारी गराएका थिए । उनले अस्थायीरूपमा वर्षामा पनि पानी पठाउन प्रयास भइरहेको बताए ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?