१ जेठ, काठमाडाैँ । जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो।
उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार