Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मेरो चरित्रको बलात्कार गरियो : आरजु राणा


१ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसकी डा‍ सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् ।

‘‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होला । म फिजिकल फर्ममा यहाँ छु । म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठ पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर यो देख्दा चाहिँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्‍यो ।,’’ सांसद राणाले भनिन्, ‘‘मैले छ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नुहुन्न होला ।’’

उनले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले महिलाहरुलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरुप्रति नगर्न आग्रह पनि गरिन् । सांसद राणाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गरिन् ।

‘‘सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? छ दिन हुँदा पनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ? अरुजस्तै म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको होइन । अरु अरुको पनि बनेको छ तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ?,’’

उनले भनिन्, ‘‘म साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु महिलालाई राजनीतिमा आउँदाखेरी सबैकुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु । तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडि पनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । अरु जसको नाम आएको छ को दोषि हो ? को होइन प्रष्टका साथ आउनुपर्छ ।’’

सांसद राणाले देशमा गलत समाचार र फेक मिडियाको पराकाष्ठा पुगिसकेको भन्दै सरकारले अनुगमन गर्नुपर्ने बताइन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?