Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘बूढानीलकण्ठ तरकारी बजार’को भवन निर्माण तीव्रता


३१ वैशाख ,काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ । बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई जोड दिएको हो ।

स्थानीयलाई आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न नगरले योजना अघि सारेको नगरप्रमुख मीठाराम अधिकारीको भनाइ छ । उनले भने, “नगरभित्रका उत्पादनलाई हामीले जोड दिएर कृषकलाई आत्मनिर्भर गराउने मुख्य लक्ष्य हो । सोहीअनुरुप हामीले तरकारी बजारको कामलाई ध्यान दिएका छौँ । स्थानीय कृषकलाई थप सहजीकरण होस् भनेर पनि हामीले ध्यान दिएका छौँ । यस बजारको प्राथमिकतामा स्थानीय कृषक नै रहनुहुनेछ ।”

नगरप्रमुख अधिकारीले नगरभित्रका कृषकलाई बजारीकरणको समस्या नहोस् र उत्पादनको सही मूल्य यहाँबाट कृषकहरू आफैँले प्राप्त गर्नुहोस् भनेर योजना अघि बढाएको बताए ।

नगरपालिका योजना शाखा प्रमुख महेश पाठकले बूढानीलकण्ठ तरकारी बजारको भवन निर्माण गर्न रु नौ करोड लागतमा ठेक्का लागेर काम धमाधम भएको जानकारी दिए । उनले तरकारी बजारको भवन निर्माण मात्र नभएर बहुवर्षे योजनामा तरकारी भण्डारणका लागि समेत नगरको योजना रहेको बताए ।

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु कृषिलाई बजारीकरण गर्दै कृषकलाई आत्मनिर्भर गराउन तरकारी बजारको योजना अघि सारेको बताईन् । उनले भनिन्, “हामीले बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएका छौँ । आगामी दिनमा पनि हामीले कृषक लक्षित कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने छौँ ।”

नगरले यसअघि कृषि मेला गरेर स्थानीय कृषक तथा स्थानीय उत्पादनको प्रदर्शन गरेको थियो । आगामी वर्षको आधार तयार गर्न र आगामी आवमा कस्ता खालका कृषिलाई प्रोत्साहन गर्ने भन्ने विषयमा थप अध्ययन गर्न कार्यक्रम आयोजना गरिएको उपप्रमुख लामाको भनाइ छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?