Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने


३० वैशाख ,काठमाडौँ । नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । “जनताको बहुदलिय जनवादका माध्यमबाट हामीले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएका छौ । आजको सन्दर्भलाई लिएर माक्र्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिष्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ”, उनले भने ।

एमालेले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने, आफ्नो जीवनलाई दाउमा राखेर सेल्टर उपलब्ध गराउनेको सम्झना गर्दै ‘सेल्टर पुस्तक’ प्रकाशन गर्ने निर्णय गरेको छ । एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको विकासका क्रममा विभिन्न ऐतिहासिक ठाउँले भूमिका निर्वाह गरेको र ती ठाउँको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि स्मारक निर्माण गर्ने निर्णय गरेको उपप्रमुख रिजालले जानकारी दिए ।

यसैगरी एमालेले दुई महिने ग्रासरुट अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी निर्माणका लागि केन्द्रीय सदस्यले आफ्नो भूगोलभन्दा बाहिर गएर एक वर्षसम्म योगदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । “एक वर्षसम्म केन्द्रीय कमिटीका नेता फरक भूगोलमा गएर पार्टी निर्माणमा खट्नुहुने छ”, रिजालले भने, “मिसन ग्रासरुट अभियानकै क्रममा निरन्तरता दिन केन्द्रीय नेता फरक जिल्लामा गएर पार्टी सङ्गठन सुदृढीकरण अभियानमा खटिनुहुने छ ।”

यही वैशाख २८ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक आज सकिएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?