Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : रवि लामिछाने


३० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न नसकिने टिप्पणी गरेका छन् ।

शनिबार शनिबार काठमाडौँको नक्सालमा नागरिक अगुवाहरुले भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध आयोजना गरेको ‘बृहत् आन्दोलन’मा सञ्चारकर्मीहरूसँगै बोल्दै लामिछानेले उक्त टिप्पणी गरेका हुन् ।

उनले भने,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु पर्छ। देशको बेइज्जत होइन, भ्रष्टाचार गर्नेहरुको उजागर भयो। विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर जेल गएको देखेका छौँ। यो देशको बेज्जत भएको होइन, यो देशको इज्जत बढ्यो। जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन। एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ। धेरै काण्डहरु लाइनमा छन्।’


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?