Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, ओलीले जवाफ दिने


३० वैशाख, ललितपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ ।

यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरुट’ अभियानमा गरिएको समीक्षा प्रतिवेदनमा जवाफ दिनेछन् ।

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आगामी जेठदेखि चैतसम्म कार्ययोजना ल्याई सञ्चालन गर्ने जनाएको छ । यही वैशाख २८ गतेदेखि जारी रहेको एमाले केन्द्रीय कमिटी बैठक आज सकिनेछ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?