Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, ओलीले जवाफ दिने


३० वैशाख, ललितपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ ।

यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरुट’ अभियानमा गरिएको समीक्षा प्रतिवेदनमा जवाफ दिनेछन् ।

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आगामी जेठदेखि चैतसम्म कार्ययोजना ल्याई सञ्चालन गर्ने जनाएको छ । यही वैशाख २८ गतेदेखि जारी रहेको एमाले केन्द्रीय कमिटी बैठक आज सकिनेछ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?