Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

नेताहरूले देश बेचिसके, अमेरिकी सेना छिटै नेपाल आउँदैछन् : दुर्गा प्रसाईं


३० वैशाख, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको दाबी गरेका छन् ।

शनिबार काठमाडाैँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको आरोप समेत लगाएका छन् ।

‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रूपमा पेमेण्ट भएको छ । एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ । मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’ उनले भनेका छन् ।

पत्रकार सम्मेलनमा ३३ किलो सुनको पैसा दुबई पठाएको प्रमाण आफुसँग भएको पनि दाबी गरेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?