Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाद्वारा परिपत्रजारी


३० वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन आज परिपत्र जारी गरेको छ । आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ ।

यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या साता सय ७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो । केन्द्रीय समितिमा चार सय २३, सात प्रदेश समितिबाट ४९ जना, दश राष्ट्रिय समितिबाट ५० जना, तीन वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट एक सय ३५ जना, पाँच वटा महानगरपालिकाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उहाँका अनुसार ट्रेड युनियन महासङ्घ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट दुई/दुई जना प्रतिनिधि रहने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासङ्घ, किसान महासङ्घ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, सांस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट एक÷एक जना प्रतिनिधि हुने छन् ।

यसैगरीमधेस प्रदेश समितिलाई, कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । सोअनुसार मधेस प्रदेश समितिलाई पाँच जना, कोशी प्रदेशका धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट चार/चार जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट पाँच/पाँच जना थप प्रतिनिधि रहने जनाइएको छ । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई चार/चार जना थप प्रतिनिधिको व्यवस्था गरिएको र केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने जनाइएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?