२९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबिच भेट भएको हो । उक्त भेटमा सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै धन्यवाद दिएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हालै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, रास्वपाले सरकारले गरेका भ्रष्टाचारविरूद्धका काममा समर्थन गर्ने बताएको छ ।
प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार