Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने


२८ वैशाख, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन् ।

पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले गृृह मन्त्रालयअन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइनेसमेत बताए ।

उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन योगदान पुर्याउने बताए ।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सहभागिता थियो ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?