Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र


२५ वैशाख ,बैतडी। सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए ।

यसअघि छ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा रहेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याटबाहेक रु ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ । गाडागाउँदेखि कठेगौँडासम्मको उक्त १४ किलोमिटरको सडक कालोपत्रको काम गर्न तीन वर्ष लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसका साथै कठेगौँडादेखि थप २० किलोमिटर स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि रु १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ । जसमा सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुनेछ । यसका साथै श्रीभावर–हाट खण्डदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ ।

प्रदेश गौरवको यो योजनाले निर्माण सम्पन्न भएमा बझाङ, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रुपमा प्रयोग हुनेछ । साथै भारतीय सीमानाका झुलाघाटका लागि समेत छोटो बाटोको रुपमा प्रयोग हुने भएकोले व्यापार व्यवसाय बढाउन मद्दत पुग्ने सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर विष्टले बताए ।

आर्थिक वर्ष २०५५/५६ सालमा यो सडकको शिलान्यास गरिएको भए पनि प्रदेश सरकार आएपछि गति लिएको छ । शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको हो । लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?