Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग


२४ वैशाख ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्नुपर्नेसमेत माग गरेको छ ।

“नेपालबाट गैरभुटानी नेपालीलाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै राष्ट्रको घोर बेइज्जत हुने ठगी तथा भ्रष्टाचार काण्डको पर्दाफास भएको छ, त्यसको यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्न माग गर्दछौँ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।

विगतमा भ्रष्टाचारका ठूलठूला घोटालाबारे केही समय हो–हल्ला चलाएर ती सबैलाई ढाकछोप गर्ने र भ्रष्टाचारीलाई चोख्याउने जुन गलत परम्परा रहेको भन्दै जुनसुकै दल निकट व्यक्ति वा उच्चपदस्थ भए पनि ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सलग्न दोषीलाइ उम्कन दिन नहुने सो पार्टीको भनाइ छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?