Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग


२४ वैशाख ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्नुपर्नेसमेत माग गरेको छ ।

“नेपालबाट गैरभुटानी नेपालीलाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै राष्ट्रको घोर बेइज्जत हुने ठगी तथा भ्रष्टाचार काण्डको पर्दाफास भएको छ, त्यसको यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्न माग गर्दछौँ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।

विगतमा भ्रष्टाचारका ठूलठूला घोटालाबारे केही समय हो–हल्ला चलाएर ती सबैलाई ढाकछोप गर्ने र भ्रष्टाचारीलाई चोख्याउने जुन गलत परम्परा रहेको भन्दै जुनसुकै दल निकट व्यक्ति वा उच्चपदस्थ भए पनि ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सलग्न दोषीलाइ उम्कन दिन नहुने सो पार्टीको भनाइ छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?