Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन सकेनन् : बाबुराम भट्टराई


२४ वैशाख, हेटाैँडा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताए ।

डा भट्टराईले आज हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिए । उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने बताए । उनले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुङ्गोमा पुगिनसकेको स्पष्ट पारे । डा भट्टराईले पत्रकार सम्मेलनअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग प्रदेशको अवस्थाबारेमा जानकारी लिएका थिए ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?