Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन सकेनन् : बाबुराम भट्टराई


२४ वैशाख, हेटाैँडा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताए ।

डा भट्टराईले आज हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिए । उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने बताए । उनले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुङ्गोमा पुगिनसकेको स्पष्ट पारे । डा भट्टराईले पत्रकार सम्मेलनअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग प्रदेशको अवस्थाबारेमा जानकारी लिएका थिए ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?