Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर


बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ । नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन सकुन् भनेर आजदेखि यही माघ ९ गतेसम्म निःशुल्क बाथरोग शिविर सञ्चालन गर्न लागिएको सो सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।

रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टेरमा बिहान ९ देखि साँझ ६ बजेसम्म यस रोगका विशेषज्ञ एवं चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो । उहाँले बाथरोग पहिचानका लागि हुने बाथरोग शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिनेसमेत बताउनुभयो । उहाँले हरेक वर्ष माघमा बाथरोगसम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत शिविर सञ्चालन गर्ने गरिएको पनि बताउनुभयो । यस शिविरबारेमा जानकारी दिन सोमबार यहाँ आयोजित एक कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगले मानिसका शरीरका सबै अङ्गलाई हानी गर्ने भएकाले बाथरोगबारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सन् २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरिएको भन्दै बर्सेनि कम्तीम पनि दुई सय २५ जना विपन्न परिवारका बाथरोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीले बाथरोगबारे अध्ययन तथा अनुसन्धान हुनुपर्ने जोड दिनुभयो । उहाँले बाथरोग उपचारमा वडामा रहेका सबैलाई सहयोग गर्ने बताउनुभयो ।

यसैबीच बाथरोगका क्षेत्रमा विशिष्ट योगदान पु¥याएकामा प्रा रत्नशम्शेर राणालाई ‘तीर्थानन्द–वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । बद्री—तीर्थ आर्थराइटिस् समाजका अध्यक्ष बद्रीलक्ष्मी वैद्यले नगद रु २५ हजार र सम्मानपत्रसहितको सो अवार्ड उहाँलाई प्रदान गर्नुभएको हो ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?