Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर


बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ । नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन सकुन् भनेर आजदेखि यही माघ ९ गतेसम्म निःशुल्क बाथरोग शिविर सञ्चालन गर्न लागिएको सो सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।

रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टेरमा बिहान ९ देखि साँझ ६ बजेसम्म यस रोगका विशेषज्ञ एवं चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो । उहाँले बाथरोग पहिचानका लागि हुने बाथरोग शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिनेसमेत बताउनुभयो । उहाँले हरेक वर्ष माघमा बाथरोगसम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत शिविर सञ्चालन गर्ने गरिएको पनि बताउनुभयो । यस शिविरबारेमा जानकारी दिन सोमबार यहाँ आयोजित एक कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगले मानिसका शरीरका सबै अङ्गलाई हानी गर्ने भएकाले बाथरोगबारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सन् २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरिएको भन्दै बर्सेनि कम्तीम पनि दुई सय २५ जना विपन्न परिवारका बाथरोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीले बाथरोगबारे अध्ययन तथा अनुसन्धान हुनुपर्ने जोड दिनुभयो । उहाँले बाथरोग उपचारमा वडामा रहेका सबैलाई सहयोग गर्ने बताउनुभयो ।

यसैबीच बाथरोगका क्षेत्रमा विशिष्ट योगदान पु¥याएकामा प्रा रत्नशम्शेर राणालाई ‘तीर्थानन्द–वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । बद्री—तीर्थ आर्थराइटिस् समाजका अध्यक्ष बद्रीलक्ष्मी वैद्यले नगद रु २५ हजार र सम्मानपत्रसहितको सो अवार्ड उहाँलाई प्रदान गर्नुभएको हो ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?