Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

वाग्मती प्रदेशका उपसभामुख चापागाइँबाट शपथ


वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा नवनिर्वाचित उपसभामुख अप्सरा चापागाइँलाई आज पद तथा गोपनियता शपथ गराउनुभएको छ । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवनकुमार पाठक, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र बिना विभागीयमन्त्री उद्धब थापा उपस्थित हुनुहुन्थ्यो ।

नवनिर्वाचित उपसभामुख चापागाइँले आजै प्रदेशसभा सचिवालय गएर कार्यभार सम्हाल्नुभयो सोमबार बसेको प्रदेशसभाको बैठकले उहाँलाई उपसभामुख पदमा निर्वाचित गरेको थियो । नवनिर्वाचित उपसभामुख चापागाइँले विसं २०४५ सालदेखि काभ्रेको पनौतीबाट तत्कालीन नेकपा (माले)को साधारण सदस्यता प्राप्त गरी राजनीतिक जीवन सुरु गर्नुभएकामा पछि नेकपा (एमाले) वाग्मती कमिटीको सदस्य र कार्यालय सचिव हुनुभयो । सोही पार्टीको जनवर्गीय सङ्गठनको महिला सङ्घ र वन तथा वातावरण क्षेत्रमा भूमिका निर्वाह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

चापागाइँ विद्यार्थी जीवनमा पनि अध्ययनका साथै विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आउनुभएको थियो ।समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?