Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

वाग्मती प्रदेशका उपसभामुख चापागाइँबाट शपथ


वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा नवनिर्वाचित उपसभामुख अप्सरा चापागाइँलाई आज पद तथा गोपनियता शपथ गराउनुभएको छ । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवनकुमार पाठक, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र बिना विभागीयमन्त्री उद्धब थापा उपस्थित हुनुहुन्थ्यो ।

नवनिर्वाचित उपसभामुख चापागाइँले आजै प्रदेशसभा सचिवालय गएर कार्यभार सम्हाल्नुभयो सोमबार बसेको प्रदेशसभाको बैठकले उहाँलाई उपसभामुख पदमा निर्वाचित गरेको थियो । नवनिर्वाचित उपसभामुख चापागाइँले विसं २०४५ सालदेखि काभ्रेको पनौतीबाट तत्कालीन नेकपा (माले)को साधारण सदस्यता प्राप्त गरी राजनीतिक जीवन सुरु गर्नुभएकामा पछि नेकपा (एमाले) वाग्मती कमिटीको सदस्य र कार्यालय सचिव हुनुभयो । सोही पार्टीको जनवर्गीय सङ्गठनको महिला सङ्घ र वन तथा वातावरण क्षेत्रमा भूमिका निर्वाह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

चापागाइँ विद्यार्थी जीवनमा पनि अध्ययनका साथै विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आउनुभएको थियो ।समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?