Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन


उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको छ ।

“आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाईका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ”, उहाँले भन्नुभयो, “योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।” ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उहाँको भनाइ छ ।

“मन्त्रालय कुनै पनि राम्रो/नराम्रो वा सानो/ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्”, उहाँले भन्नुभयो, “नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु ।” “हामी सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभकार्य गर्दा आराध्यदेवको दर्शन गर्नुपर्छ भन्नेमा विस्वास राख्छौँ । त्यसकारण पशुपतिनाथको दर्शन गर्न गएको हुँ” उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणपछि भन्नुभयो ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?