Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । आज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । उहाँले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिनुभएको थियो । मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताउनुभयो ।

यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उहाँको भनाइ छ । यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्वनमा ध्यान दिइने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ । पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रुपमा जन्मनुभएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका उहाँको रुचिको क्षेत्र अर्थतन्त्र हो । विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध हुनुभएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बन्नुभएको थियो । त्यस्तै, विसं २०५० सालमा तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव हुँदै बैतडीको अध्यक्षसमेत हुनुभयो ।

विसं २०७० मा संविधानसभा सदस्यका रुपमा बैतडी १ बाट निर्वाचित हुनुभएका उहाँले विभिन्न भूमिकामा कार्यसम्पादन गर्नुभएको छ । मन्त्री भण्डारी २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने विसं २०७३ मा अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक-पटक प्रहरी हिरासतमा पर्नुभएको छ । मुलुकको अर्थतन्त्र बलियो भएमात्र विकास हुने धारणा राख्नुहुने मन्त्री भण्डारीले संविधान निर्माणमा भूमिका खेलेबापत संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?