Trending
>>   वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक >>   काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौंः महामन्त्री थापा >>   एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी >>   गणेशमान सिंह रोड रेस असार १४ गते हुने >>   छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी >>   राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित >>   महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री पौडेल >>   सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने >>   पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन
Logo
२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । आज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । उहाँले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिनुभएको थियो । मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताउनुभयो ।

यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उहाँको भनाइ छ । यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्वनमा ध्यान दिइने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ । पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रुपमा जन्मनुभएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका उहाँको रुचिको क्षेत्र अर्थतन्त्र हो । विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध हुनुभएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बन्नुभएको थियो । त्यस्तै, विसं २०५० सालमा तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव हुँदै बैतडीको अध्यक्षसमेत हुनुभयो ।

विसं २०७० मा संविधानसभा सदस्यका रुपमा बैतडी १ बाट निर्वाचित हुनुभएका उहाँले विभिन्न भूमिकामा कार्यसम्पादन गर्नुभएको छ । मन्त्री भण्डारी २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने विसं २०७३ मा अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक-पटक प्रहरी हिरासतमा पर्नुभएको छ । मुलुकको अर्थतन्त्र बलियो भएमात्र विकास हुने धारणा राख्नुहुने मन्त्री भण्डारीले संविधान निर्माणमा भूमिका खेलेबापत संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?