Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै


२१ वैशाख ,दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ ।

बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् ।

बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए ।

“नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ”, उनले भने, “हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ ।”

अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् । भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्र र बिजुली बत्ती पुर्याउने काम भइरहेको छ ।

नगरपालिकाका इन्जिनियर शतिस शामीले पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्डर्ससँग ठेक्का सम्झौता भएको छ ।

बेदकोट नगरपालिकाले यहाँ ‘सेल्फी प्वाइन्ट’को निर्माण गरेको छ । सात वर्ष अघि रु २५ लाखको लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो । पछिल्लो समय महेन्द्रनगर आउने आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । लिङ्गेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?