Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

जनकपुरको भानुचोकमा आदिकवि भानुभक्तको सालिक राखिँदै


१६ वैशाख ,जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक १६ वर्षपछि पुनःस्थापना हुने भएको छ । शनिबार एक कार्यक्रमका बीच जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले सालिक पुनःस्थापनाका लागि निर्माण शुभारम्भ गरिन्।

पञ्चायतकालदेखि भानुचोक नामाकरण गरी राखिएको आदिकवि आचार्यको सालिक २०६२/६३ को मधेस आन्दोलनका क्रममा भत्केकामा नगरपरिषद्को निर्णयबमोजिम पुनःनिर्माण सुरु गरिएको नगरप्रमुख साहले जानकारी दिईन् ।

उनले आदिकवि आचार्य राजनीतिक व्यक्ति नभएकाले पञ्चायतकालदेखि नै जनकपुरधाममा प्रसिद्ध भानुचोकमा स्थानीय उपभोक्ता समितिमार्फत सालिकसहितको संरचना पुनःनिर्माण सुरु भएको बताईन् ।

नगरउपप्रमुख किशोरी साहले पनि चालु आर्थिक वर्षको बजेटमा विनियोजित रु २० लाख लागतमा सालिक र सालिकस्थल पुनःनिर्माण गरिने बताईन् । मधेसवादी दलसम्बद्ध विद्यार्थी तथा युवा सङ्गठनले भने यस कार्यको विरोध गरेका छन् ।

निर्माण स्थलमा ठूलो सङ्ख्यामा उपस्थित भएका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायत दल निकट विद्यार्थी तथा समर्थकले नाराबाजीसहित विरोध गरेका हुन् ।

साविक भानुचोकमा आदिकवि आचार्यको नभई मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक निर्माण हुनुपर्ने मधेशवादी सङ्गठनहरूको माग छ । यसअघि शुक्रबार संयुक्त युवा विद्यार्थी मोर्चाको नाममा पाँच सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।

आन्दोलन र नाराबाजीकै बीच गरिएको शिलान्यास कार्यक्रमपछि नगरप्रमुख साहले मधेसी सहिदहरूको सम्मानका लागि यसअघि नै नगरपालिकाले सहिदगेट निर्माण गरी रमेश महतोलगायतका सहिदहरूको सालिक राखिसकेकाले विरोध नगर्न आग्रह गरेकि थिईन् ।

“आदिकवि भानुभक्त आचार्य राजनीतिक व्यक्ति हुनुहुन्न । उहाँको नाममा वर्षौँ पहिले भानुचोक नामकरण भई सालिकसमेत राखिसकेको अवस्था हो । त्यसैले यसलाई राजनीतिक रङ्ग दिन जरुरी छैन”, उहाँनले भनिन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?