Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनकपुरको भानुचोकमा आदिकवि भानुभक्तको सालिक राखिँदै


१६ वैशाख ,जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक १६ वर्षपछि पुनःस्थापना हुने भएको छ । शनिबार एक कार्यक्रमका बीच जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले सालिक पुनःस्थापनाका लागि निर्माण शुभारम्भ गरिन्।

पञ्चायतकालदेखि भानुचोक नामाकरण गरी राखिएको आदिकवि आचार्यको सालिक २०६२/६३ को मधेस आन्दोलनका क्रममा भत्केकामा नगरपरिषद्को निर्णयबमोजिम पुनःनिर्माण सुरु गरिएको नगरप्रमुख साहले जानकारी दिईन् ।

उनले आदिकवि आचार्य राजनीतिक व्यक्ति नभएकाले पञ्चायतकालदेखि नै जनकपुरधाममा प्रसिद्ध भानुचोकमा स्थानीय उपभोक्ता समितिमार्फत सालिकसहितको संरचना पुनःनिर्माण सुरु भएको बताईन् ।

नगरउपप्रमुख किशोरी साहले पनि चालु आर्थिक वर्षको बजेटमा विनियोजित रु २० लाख लागतमा सालिक र सालिकस्थल पुनःनिर्माण गरिने बताईन् । मधेसवादी दलसम्बद्ध विद्यार्थी तथा युवा सङ्गठनले भने यस कार्यको विरोध गरेका छन् ।

निर्माण स्थलमा ठूलो सङ्ख्यामा उपस्थित भएका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायत दल निकट विद्यार्थी तथा समर्थकले नाराबाजीसहित विरोध गरेका हुन् ।

साविक भानुचोकमा आदिकवि आचार्यको नभई मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक निर्माण हुनुपर्ने मधेशवादी सङ्गठनहरूको माग छ । यसअघि शुक्रबार संयुक्त युवा विद्यार्थी मोर्चाको नाममा पाँच सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।

आन्दोलन र नाराबाजीकै बीच गरिएको शिलान्यास कार्यक्रमपछि नगरप्रमुख साहले मधेसी सहिदहरूको सम्मानका लागि यसअघि नै नगरपालिकाले सहिदगेट निर्माण गरी रमेश महतोलगायतका सहिदहरूको सालिक राखिसकेकाले विरोध नगर्न आग्रह गरेकि थिईन् ।

“आदिकवि भानुभक्त आचार्य राजनीतिक व्यक्ति हुनुहुन्न । उहाँको नाममा वर्षौँ पहिले भानुचोक नामकरण भई सालिकसमेत राखिसकेको अवस्था हो । त्यसैले यसलाई राजनीतिक रङ्ग दिन जरुरी छैन”, उहाँनले भनिन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?