Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

महाकाली पक्की पुल सञ्चालनमा


१५ वैशाख ,दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा आएको छ । एक महिनादेखि बन्द रहेको पुल शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले जानकारी दिए ।

“पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले एक महिना आवतजावत बन्द गरिएको थियो, पर्खाल निर्माण सम्पन्न भएपछि पुल पुनःसञ्चालनमा आएको छ”, उनले भने, “अब पुल भएर दोधारा चाँदनी सहजरूपमा आवतजावत गर्न सकिन्छ ।”

गत चैतदेखि पुल बन्द भएपछि दोधारा चाँदनीतर्फ आवतजावतमा समस्या भएको थियो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले पुल सञ्चालन नहुँदा दोधारा चाँदनी आवतजावत गर्न ठूला–साना सवारीसाधन भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।

“शुक्रबारदेखि पुल सञ्चालनमा आएपछि दोधारा चाँदनी–महेन्द्रनगर आवतजावतमा सहज भएको छ”, उनले भने, “अब चारपाङ्ग्रे सवारीका लागि भारतीय बाटो जानुपर्ने बाध्यता हटेको छ ।”

महाकाली नदीमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको दायाँबाया पोखरी निमार्णको काम भइरहेको पुल योजना कार्यालयले जनाएको छ । पुलको डिजाइनअनुसार दुवैतर्फ छ सय मिटर चौडा र दुई हजार छ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ ।

महाकालीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि दोधारा चाँदनीबासीलाई महेन्द्रनगर सदरमुकाम ओहोरदोहोर गर्न सहज भएको छ ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?