Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

महाकाली पक्की पुल सञ्चालनमा


१५ वैशाख ,दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा आएको छ । एक महिनादेखि बन्द रहेको पुल शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले जानकारी दिए ।

“पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले एक महिना आवतजावत बन्द गरिएको थियो, पर्खाल निर्माण सम्पन्न भएपछि पुल पुनःसञ्चालनमा आएको छ”, उनले भने, “अब पुल भएर दोधारा चाँदनी सहजरूपमा आवतजावत गर्न सकिन्छ ।”

गत चैतदेखि पुल बन्द भएपछि दोधारा चाँदनीतर्फ आवतजावतमा समस्या भएको थियो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले पुल सञ्चालन नहुँदा दोधारा चाँदनी आवतजावत गर्न ठूला–साना सवारीसाधन भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।

“शुक्रबारदेखि पुल सञ्चालनमा आएपछि दोधारा चाँदनी–महेन्द्रनगर आवतजावतमा सहज भएको छ”, उनले भने, “अब चारपाङ्ग्रे सवारीका लागि भारतीय बाटो जानुपर्ने बाध्यता हटेको छ ।”

महाकाली नदीमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको दायाँबाया पोखरी निमार्णको काम भइरहेको पुल योजना कार्यालयले जनाएको छ । पुलको डिजाइनअनुसार दुवैतर्फ छ सय मिटर चौडा र दुई हजार छ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ ।

महाकालीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि दोधारा चाँदनीबासीलाई महेन्द्रनगर सदरमुकाम ओहोरदोहोर गर्न सहज भएको छ ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?