Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

महानिरीक्षकबाट शान्ति मिसनमा जाने एपिएफ टोलीको बिदाइ


१५ वैशाख, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’मा नेपाल फम्र्ड पुलिस युनिट (एफपियु) वान जुवामा खटिई जान लागेका टोलीलाई आज बिदाइ गरेका छन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा बदलीका लागि मिसनमा जाने सशस्त्र प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे ।

उनले विनाशलाई विकास र सङ्घर्षलाई शान्तिमा बदल्ने ठूलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमान्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र सङ्गठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम, कानूनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वाससमेत व्यक्त गरे ।

उनले टोलीलाई संयुक्त राष्ट्रसङ्घीय मिसनमा रहँदा समग्र सङ्गठन र राज्यले आर्जन गरेको छविलाई आँच आउन नदिने गरी त्यहाँका जनताले अपेक्षा गरेबमोजिम विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले मिसन छनोट निर्देशिका बनिसकेकाले अब १५ वर्ष सेवा अवधि पुगिसकेकाले मात्र सहभागी हुन पाउने र सशस्त्र प्रहरी कर्मचारीको त्याग, ऊर्जा, समर्पण र ज्येष्ठताको समेत मूल्याङ्कन हुने बताए ।

सन् २००३ देखि सशस्त्र प्रहरी बल युएन मिसनअन्तर्गत पहिलोपटक लाइबेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको थियो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो ।

सो मिसनको पहिलो कमान्डरका रूपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमान्ड सम्हाल्नुभएको थियो । सो मिसनमा हाल एक सय ८० सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । पछिल्लोपटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनका लागि एक सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्नेछ ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको कमान्डमा १६ सिनियर अधिकृत, ३४ जुनियर अधिकृत र एक सय ३० बिल्लादार जवान गरी जम्मा एक सय ८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?