Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ


१४ वैशाख, काठमाडाैँ । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई आज पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । उनले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताए ।

ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको प्रवक्ता भट्टले बताए ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?