Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

शान्ति सुरक्षामा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ


१३ वैशाख, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षा खलबल्याउने काममा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि झापा जाने क्रममा केही व्यक्तिले अनाधिकृत गतिविधि गरेको भन्दै एमालेका सांसद पदम गिरीले गृहमन्त्रीको ध्यानाकर्षण गराएपछि उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षाको सवालमा कुनै पनि तलमाथि हुन नदिइने उल्लेख गरे । शान्तिपूर्णरुपमा आफ्ना गतिविधि गर्न तथा धारणा राख्न हरेक नागरिक स्वतन्त्र भए पनि गैरकानुनी गतिविधि गर्ने छुट कोही कसैलाई पनि नभएको उनको भनाइ छ ।

यस्तै, काठमाडौँको कपनमा भाडा पसल गर्दै आएकी निरा पाण्डेको हत्याको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । पाण्डेको हत्या भएको धेरै दिन बित्दासमेत सत्यतथ्य पत्ता नलागेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापालगायतले सरकारको ध्यानाकर्षण गराएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानको प्रक्रियालाई गम्भीररुपमा अगाडि बढाइएको र सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनको कठघरामा ल्याउन कुनै पनि कसर बाँकी नराखिने बताए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?