Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुकुम्बासीको तथ्याङ्क सङ्कलन


१० वैशाख ,बैतडी । बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको हो ।

तथ्याङ्क सङ्कलन भएका यी पालिकाले लगत सङ्कलनको काम सकेर आयोगमा तथ्याङ्क प्रविष्ट गरिसकेको जनाएको छ ।सङ्कलित तथ्याङ्कमा पञ्चेश्वर गाउँपालिकामा दुई सय ४५ भूमिहीन दलित, छ परिवार भूमिहीन सुकुम्बासी र तीन सय ९६ परिवार अव्यवस्थित बसोबासी, सुर्नया गाउँपालिकामा सात परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी, शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमिहीन दलित, सात परिवार भूमिहीन सुकुम्बासी र तीन सय ४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी, पाटन नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, ६४ परिवार भूमिहीन सुकुम्बासी र एक सय ५१ परिवार अव्यवस्थित बसोबासी रहेका कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको बैतडीका अन्य पालिकाले तथ्याङ्क सङ्कलन गरेका भए पनि विवरण बुझाउन ढिलाइ गरिरहेका ऐरको भनाइ छ।

जिल्लाका सबै स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन पटक–पटक आग्रह गरिएको भए पनि चासो नदिएकोले ढिलाइ भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका सदस्यसचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए ।उनले भने, “दशवटै पालिकाले तथ्याङ्क सङ्कलनका लागि भूमि आयोगसँग सम्झौता गरिसकेका भए पनि तथ्याङ्क सङ्कलन गरेर नपठाउँदा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काममा पनि समस्या भएको छ ।”

स्थानीय तहहरूले सङ्कलन गरेको तथ्याङ्क ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?