Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

संसद्‍ राजसंस्थाको बहस गर्ने ठाउँ हैन : माओवादी नेता दाहाल


६ वैशाख, काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् ।

सांसद राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताए। उनले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने बताए ।

सांसद दाहालले संसद विज्ञापन एजेन्सी भएको स्पष्ट पारे । उनले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए । उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक बहसहरु हुने गरेको भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदको ध्यानाकर्षण गराए ।

‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र बहस भएका छन्। यी बहसहरु अलि अमर्यादित छन्। अशिष्ट छन्। अराजक छन्। मैले पटक–पटक उठाउँदै आएको छु। कमसेकम संविधानको जगमा उभिएर हामीले बहस गर्नुपर्छ। छलफल गर्नुपर्छ। संसद विज्ञापन एजेन्सी होइन, यहाँ विज्ञापन गर्न पाइदैन। कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलोको रुपमा पनि संसदलाई जनताले पत्याउँदैनन् र मान्दैनन्। यहाँ बहस जसरी उठेका छन्। कमसेकम विचार केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा बहसको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले भनेका छन् ।

 


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?