Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री प्रचण्ड


४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् ।

उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका हुन् ।

“वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ”, उनले भने, “विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटनलगायत क्षेत्रमा प्रगति हुँदै जान थालेको छ । कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ ।”

नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्व दिइएको उनको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीलाई आग्रह गरे ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली सङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत निजी क्षेत्रसम्बद्ध सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्ध व्यक्तित्वको उपस्थिति थियो ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?