Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट


४ वैशाख, काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिए ।

सो सम्बन्धमा संयुक्त राष्ट्रसङ्घबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिँदै उनले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्नका लागि नेपालले आवश्यक तयारी गरिरहेको पनि जानकारी दिए ।

भेटमा राष्ट्रसङ्घीय प्रतनिधिमण्डलबाट संरचनात्मक रुपान्तरण जरुरी हुने भएकाले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने तथा विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित माग निर्देशन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी गराए । विपद्लाई सम्रग रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणलाई निर्देशन दिइसकेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घजस्तो बहुपक्षीय सङ्गठनको सकारात्मक सहयोगबाट मात्र शान्ति, सुरक्षा, दिगो विकास र समन्यायिक सामाजिक रुपान्तरण हासिल गर्न सकिने श्रेष्ठले उल्लेख गरेका थिए । सो अवसरमा आपसीसम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?