Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन


जर्मनी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनीले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ।
वेबसाइटमार्फत नेपाली साहित्यप्रेमी, साहित्यस्रष्टा तथा सर्वसाधारणले विभिन्न साहित्यिक सामग्री, संस्थाका गतिविधि र सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

वेबसाइटमा सामुदायिक पुस्तकालयको व्यवस्था गरिएको छ, जहाँ उपलब्ध पुस्तक, पुस्तकधनी र सम्बन्धित शहरको विवरण हेर्नुका साथै पुस्तक सापटी लिन अनुरोध गर्न सकिनेछ। त्यस्तै, कविता, कथा, गजल, मुक्तक तथा निबन्धलगायत साहित्यिक सिर्जना पढ्न र आफ्ना रचना प्रकाशनका लागि पठाउन सकिने सुविधा पनि उपलब्ध छ। प्राप्त रचनाहरू समितिको समीक्षा तथा स्वीकृतिपछि प्रकाशित गरिने जनाइएको छ।

यसका अतिरिक्त साधारण तथा आजीवन सदस्यताका लागि अनलाइन आवेदन, बालबालिकाका लागि नेपाली भाषा कक्षामा रुचि दर्ता, संस्थाका कार्यक्रम तथा समाचार, फोटो ग्यालरी, कार्यसमितिको विवरण र सम्पर्कसम्बन्धी जानकारी पनि वेबसाइटमा समेटिएका छन्। संस्थालाई आर्थिक सहयोग गर्न चाहनेहरूका लागि आवश्यक जानकारीसमेत उपलब्ध गराइएको छ।

प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा साहित्यिक सिर्जना र सहकार्यका लागि साझा डिजिटल मञ्च निर्माण गर्ने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको हो।अनेसास जर्मनीले साहित्यस्रष्टा, साहित्यप्रेमी तथा शुभेच्छुकहरूलाई वेबसाइट अवलोकन गरी आफ्ना सिर्जना, सुझाव र सहभागितामार्फत यस अभियानलाई समृद्ध बनाउन आह्वान गरेको छ।
वेबसाइट https://inlsgermany.org मा गएर थप जानकारी प्राप्त गर्न सकिनेछ।


प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?