Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त


सूचना चुहावट र अनुशासन उल्लंघनको आरोपमा एआईजी दाहाल बर्खास्त

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। पटक–पटक आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको प्रतिष्ठामा आँच पुर्‍याएको कसुरमा उनीमाथि विभागीय कारबाही गरिएको मन्त्रालयले जनाएको छ।

सुरक्षा संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बनमा परेका दाहालमाथि सशस्त्र प्रहरी प्रधान कार्यालयले कारबाही सिफारिस गरेको थियो। त्यसपछि मन्त्रालयले असोज १९ गते जाँचबुझ अधिकृत तोकेर छानबिन प्रक्रिया अघि बढाएको थियो।

यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी नियन्त्रणमा रहेका बेला टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर भेटेको विषयमा पनि दाहाल विवादमा परेका थिए। उक्त घटनापछि उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?