Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा


हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

काठमाडौँ । मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पु¥याएपछि किसानहरू मर्कामा परेका छन् ।

ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गर्नुभएको थियो । आफ्नो पुख्र्यौली आरन पेसालाई विस्तारै छाड्दै कृषिमा लाग्नुभएका उहाँले गत वर्ष ४ वटा टनेलबाट डेढ लाख रुपैयाँ आम्दानी लिनुभएको थियो। तर, गत असोज १० गते वर्षासँगै आएको हावाहुरीले उहाँका ३ वटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ भने एउटामा आंशिक क्षति पुगेको छ। राम्रो उत्पादन दिने बेलामै गोलभेँडाका झाङ ढलेपछि अहिले उहाँलाई मण्डीको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ ।

यो बेमौसमी हावाहुरीबाट उनी मात्रै पीडित छैनन्, सिङ्गो गाउँ नै प्रभावित बनेको छ । अच्युत घलानको करिव ३ सय मिटरभन्दा लामो टनेल र सुजन पुडासैनीले भाडाको करिव २५ रोपनी जग्गामा गरेको गोलभेँडा खेतीमा अधिकांशमा क्षति पुगेको छ । स्थानीय कर्मराज विश्वकर्माका अनुसार विशेषगरी वडा नम्बर ८ को बर्गिटार र दम्पकी क्षेत्रका अधिकांश टनेलमा क्षति पुगेको छ । हावाले टनेलसँगै बोट नै लडाएपछि किसानहरू आफ्नो ज्यालासम्म उठाउन नसक्ने स्थितिमा पुगेका छन् । त्यसमाथि टनेल मर्मत र रोग लाग्न नदिन थप औषधि उपचार गर्नुपर्दा उनीहरूलाई दोहोरो आर्थिक भार थपिएको छ ।

वडा कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म ३५ घरधुरीको ७ हजार मिटर टनेलमा रहेको गोलभेँडा खेतीमा क्षति पुगेको छ । राम्रो उत्पादन हुने सिजनमा दैनिक ४ सयदेखि ६ सय क्रेट गोलभेँडा निर्यात गर्दै आएको बुढीचौरमा यस वर्ष ७० टनभन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको छ । वडा कार्यालयमा क्षतिको विवरण लिएर आउने पीडित किसानहरूको संख्या बढ्दै गएकाले नोक्सानीको यो आँकडा अझै बढ्न सक्ने देखिएको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?