Trending
>>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)


काठमाडौ। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व हनुमानढोका दरबार परिसरमा विधिवत रुपमा इन्द्रध्वजा (लिङ्गो) ठड्याएसँगै औपचारिक रुपमा शुरु भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार बुधवार लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजोत्थानको विशेष समारोहमा नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मले तोप पड्काएर र बन्दुकको सलामी अर्पण गर्दै राजकीय सम्मान प्रदान गरेको थियो । लिङ्गोको टुप्पोमा नागदेवताको प्रतिकस्वरुप ध्वजा फहराइएको छ भने फेदमा अष्टमातृका र इन्द्र भगवानको सुनौलो प्रतिमा राखी विशेष पूजा गरिएको छ । भक्तपुर र काभ्रेको सिमानास्थित चित्तपोलको जङ्गलबाट धार्मिक विधिपूर्वक काटिएको रानी सल्लाको काठलाई विशेष पूजापाठ गरी नगर प्रवेश गराएपछि हनुमानढोका पु¥याइएको थियो । वर्षा र उर्वरताका देवता इन्द्रको सम्मान र विजयको प्रतिकका रूपमा मनाइने यो जात्राले काठमाडौंको जनजीवनलाई केही दिनका लागि उत्सवमय बनाउनेछ । जात्रा अवधिभर पुलुकिसी नाच, मजिपाः लाखे, महाकाली नाच, भक्कुनाच र दशअवतार नाटकजस्ता परम्परागत कला प्रदर्शन गरिनेछन् । साथै, आकाश भैरव, श्वेत भैरव र बाकादेय् भैरवका मूर्तिहरू सार्वजनिक दर्शनका लागि राखिने छन् । जात्राको मुख्य आकर्षण मानिने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा असोज ९ गते शुक्रवार ‘क्वनेया’ (तल्लो टोल यात्रा) बाट शुरु हुनेछ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले गद्दी बैठकबाट रथयात्रा अवलोकन गर्ने परम्परा छ । त्यसैगरी, असोज १० गते ‘थनेया’ (माथिल्लो टोल यात्रा) र असोज १३ गते महिलाहरूद्वारा रथ तानिने ‘नानीचा यात्रा’ पछि इन्द्रध्वजा ढालेर जात्रा समापन हुनेछ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रलाई झकिझकाउ पारिएको छ । ३१ वटा गुठी खलःको सहभागितामा भइरहेको यस पर्वले आन्तरिक तथा वाह्य पर्यटकलाई समेत लोभ्याउने गरेको छ ।

काठमाडौ। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व हनुमानढोका दरबार परिसरमा विधिवत रुपमा इन्द्रध्वजा (लिङ्गो) ठड्याएसँगै औपचारिक रुपमा शुरु भएको छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार बुधवार लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजोत्थानको विशेष समारोहमा नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मले तोप पड्काएर र बन्दुकको सलामी अर्पण गर्दै राजकीय सम्मान प्रदान गरेको थियो । लिङ्गोको टुप्पोमा नागदेवताको प्रतिकस्वरुप ध्वजा फहराइएको छ भने फेदमा अष्टमातृका र इन्द्र भगवानको सुनौलो प्रतिमा राखी विशेष पूजा गरिएको छ ।

भक्तपुर र काभ्रेको सिमानास्थित चित्तपोलको जङ्गलबाट धार्मिक विधिपूर्वक काटिएको रानी सल्लाको काठलाई विशेष पूजापाठ गरी नगर प्रवेश गराएपछि हनुमानढोका पु¥याइएको थियो । वर्षा र उर्वरताका देवता इन्द्रको सम्मान र विजयको प्रतिकका रूपमा मनाइने यो जात्राले काठमाडौंको जनजीवनलाई केही दिनका लागि उत्सवमय बनाउनेछ । जात्रा अवधिभर पुलुकिसी नाच, मजिपाः लाखे, महाकाली नाच, भक्कुनाच र दशअवतार नाटकजस्ता परम्परागत कला प्रदर्शन गरिनेछन् । साथै, आकाश भैरव, श्वेत भैरव र बाकादेय् भैरवका मूर्तिहरू सार्वजनिक दर्शनका लागि राखिने छन् । जात्राको मुख्य आकर्षण मानिने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा असोज ९ गते शुक्रवार ‘क्वनेया’ (तल्लो टोल यात्रा) बाट शुरु हुनेछ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले गद्दी बैठकबाट रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

त्यसैगरी, असोज १० गते ‘थनेया’ (माथिल्लो टोल यात्रा) र असोज १३ गते महिलाहरूद्वारा रथ तानिने ‘नानीचा यात्रा’ पछि इन्द्रध्वजा ढालेर जात्रा समापन हुनेछ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रलाई झकिझकाउ पारिएको छ । ३१ वटा गुठी खलःको सहभागितामा भइरहेको यस पर्वले आन्तरिक तथा वाह्य पर्यटकलाई समेत लोभ्याउने गरेको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?