Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

कप्तानगञ्ज घटनाः मृतक रविन्द्र मेहताका परिवारद्वारा शव बुझ्न अस्वीकार


कप्तानगञ्ज घटनाः मृतक रविन्द्र मेहताका परिवारद्वारा शव बुझ्न अस्वीकार

काठमाडौ। कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भई उपचाररत रविन्द्र मेहताको मंगलवार उपचारका क्रममा मृत्यु भएको छ। मृत्युपश्चात उनका परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री सुधन गुरुङसँग मृतकका परिवारको छलफल भएपनि सहमति हुन नसकेपछि परिवारले शव बुझ्न अस्वीकार गरेको हो। मृतकका दाजु रोशन मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा नल्याएसम्म सरकारसँग कुनै सहमति नहुने स्पष्ट पारेका छन् । उनले गोली चलाउने प्रहरी र घटनामा संलग्न अन्य व्यक्तिमाथि तत्काल पक्राउ पुर्जी जारी गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

रोशन मेहताले भने, “जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म शव बुझ्दैनौँ। दोषीलाई तत्काल पक्राउ गरेर कानूनी कारबाही गर्नुपर्छ। त्यसपछि मात्रै सरकारसँग थप सहमति हुन सक्छ।”

छलफलका क्रममा गृहमन्त्रीले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन भइसकेको र समितिको प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिवद्धता व्यक्त गरको परिवारले जनाएको छ। यसअघि सरकारले सोही घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानूनी कारबाही गर्ने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति गरेको थियो।

रविन्द्र मेहताको परिवारले पनि सोही प्रकृतिको सहमति र दोषीमाथि तत्काल कानूनी कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेको जनाएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?