Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ


सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ

काठमाडौँ।पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् । उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाएका छन् । उनले सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने हो ? भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न समेत गरेका छन् । सीमा सुरक्षाको विषयमा जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

उनले भने , ‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल डे«स लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ । सुस्ताबासीहरुले फेरी यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ । आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ । प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महशुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो ? कति समय ध्या आकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्नुस् । यसतर्फ म उहाँको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्न समेत माग गरेका छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?