Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग काँग्रेसको माग


काठमाडौँ।नेपाली काँग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरि सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सम्प्रादायिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमार्फत अफबाह फैल्याउनेमाथि कानूनी कारबाही गर्न समेत माग गरेका छन् । राईले कुनैपनि धर्मलाई शंकाको घेरामा नराख्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारलाई खुला, पारदर्शी र सहयोगी बन्न उनको आग्रह छ । सचेतक राईले सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि प्रश्न उठाएका छन् । उनले धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एक पक्षसँग मात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्ष असन्तुष्ट वा असुरक्षित महशुस गर्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएका छन् । उनले धर्मका नाममा हुने द्वन्द्वले अन्ततः कुनैपनि धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गर्ने इतिहास रहेको पनि स्मरण गराएका छन् । उनले भने, ‘इतिहासले बारम्बार एउटा कठोर सत्य सिकाएको छ । धर्मका नाममा शुरु भएको द्वन्द्वले अन्ततः कुनैपनि धर्मलाई विजयी बनाएका छैनन् । तिनले केवल मानवतालाई पराजित गरेका छन् । सुनसरीको दुःखद् घटनामा ज्यान गुमाउनुभएका नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सभामुख महोदय शान्ती भनेको कफ्र्यु हटाउनु वा सडक खोल्नु मात्र होइन । शान्ती भनेको नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जाग्नु र एउटा समुदायले अर्को समुदायलाई आफ्नो छिमेकीको रुपमा हेर्न सक्नु पनि हो । यही सन्दर्भमा सरकार र एउटा आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ । म कुनैपनि पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविश्वास गर्न चाहान्न । तर धर्म राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्थासँग सम्बन्धीत विषयहरु कुनै एउटा पक्षसँग माग सहमति गरेर पुग्दैन । यस्ता प्रश्नमा सरकार सबै नागरिकको साझा अभिभावकको रुपमा देखिनुपर्छ । एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफू उपेक्षित, असुरक्षित र वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन । शान्ती कायम गर्ने नाममा गरेको सहमतिले अर्को पक्षको असन्तोषको आधार तयार गर्नुहुँदैन ।’ धर्मनिरपेक्ष राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा सरकारले सबै नागरिकको साझा अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

काठमाडौँ।नेपाली काँग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरि सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सम्प्रादायिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमार्फत अफबाह फैल्याउनेमाथि कानूनी कारबाही गर्न समेत माग गरेका छन् । राईले कुनैपनि धर्मलाई शंकाको घेरामा नराख्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारलाई खुला, पारदर्शी र सहयोगी बन्न उनको आग्रह छ । सचेतक राईले सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि प्रश्न उठाएका छन् । उनले धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एक पक्षसँग मात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्ष असन्तुष्ट वा असुरक्षित महशुस गर्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएका छन् । उनले धर्मका नाममा हुने द्वन्द्वले अन्ततः कुनैपनि धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गर्ने इतिहास रहेको पनि स्मरण गराएका छन् ।

उनले भने, ‘इतिहासले बारम्बार एउटा कठोर सत्य सिकाएको छ । धर्मका नाममा शुरु भएको द्वन्द्वले अन्ततः कुनैपनि धर्मलाई विजयी बनाएका छैनन् । तिनले केवल मानवतालाई पराजित गरेका छन् । सुनसरीको दुःखद् घटनामा ज्यान गुमाउनुभएका नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सभामुख महोदय शान्ती भनेको कफ्र्यु हटाउनु वा सडक खोल्नु मात्र होइन । शान्ती भनेको नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जाग्नु र एउटा समुदायले अर्को समुदायलाई आफ्नो छिमेकीको रुपमा हेर्न सक्नु पनि हो । यही सन्दर्भमा सरकार र एउटा आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ । म कुनैपनि पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविश्वास गर्न चाहान्न । तर धर्म राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्थासँग सम्बन्धीत विषयहरु कुनै एउटा पक्षसँग माग सहमति गरेर पुग्दैन । यस्ता प्रश्नमा सरकार सबै नागरिकको साझा अभिभावकको रुपमा देखिनुपर्छ । एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफू उपेक्षित, असुरक्षित र वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन । शान्ती कायम गर्ने नाममा गरेको सहमतिले अर्को पक्षको असन्तोषको आधार तयार गर्नुहुँदैन ।’

धर्मनिरपेक्ष राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा सरकारले सबै नागरिकको साझा अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?