काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन्।
वैशाख १० गते सीईओ नियुक्त भएका भट्टराईको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार