काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ।
मंगलबार बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा सुदूरपश्चिमको विकास, बजेट कार्यान्वयन र वर्तमान राजनीतिक अवस्थाबारे कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार