काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ दरअनुसार साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर रु ३, डिजेल र मट्टितेलमा रु २ तथा हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार