Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह


डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् । उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरेका छन् । डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औँल्याउँदै उनले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् । उनले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीतिगत र कानूनी सुधारमा संसदमा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारेका छन् ।

सभापति थापाले भने, ‘हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ । सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन । जान्ने मानिसहरू सरकारबाहिर पनि छन् । निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । मैले पनि उहाँहरूसँग काम गर्ने र सिक्ने अवसर पाएको छु । उहाँहरूको ज्ञान, क्षमता र अनुभव उत्कृष्ट छ । नेपालीहरू संसारभर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्, नेपालभित्र पनि धेरै सक्षम जनशक्ति छन् । सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्छ । संसद्मा पनि सबै दलबीच सहकार्य गरेर यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ । डिजिटल अर्थतन्त्र नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार बन्न सक्छ । त्यसैले यस क्षेत्रमा थप काम गर्नुपर्छ भन्ने उद्देश्यले हामीले आज यो बहस शुरु गरेका हौँ ।’

संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको जानकारी समेत दिएका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?