Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरुमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् ।

आईतवार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिव डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीकाअनुसार संगठनले यसअघि पेश गरेका १३ बुँदे मागहरूमा थप ६ बुँदा परिमार्जन र थप गरी नयाँ प्रश्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ । सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा एक समिति गठन गर्ने समझदारी भएको उनले बताएका छन् ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष सनातनीले देशमा धार्मिक सद्भाव कायम राख्न र मुलुकलाई द्वन्द्वबाट जोगाउन आफूहरू सहमतिमा आएको बताए ।

उनले भने , ‘हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी ‘वसुधैव कुटुम्बकम’ मा विश्वास गर्छौं । हिन्दू राष्ट्रको परिकल्पना गर्दा हामी सबै धर्म र समुदायलाई उत्तिकै सम्मान गर्छौँ। कसैलाई पनि अन्याय गर्ने हाम्रो उद्देश्य होइन ।’

उनले राजनीतिक दलहरूले यस विषयलाई लिएर षडयन्त्र गर्नसक्ने भन्दै सबैलाई सचेत रहन समेत आग्रह गरे । हिन्दु सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवकाअनुसार धर्मका आधारमा कुनैपनि आयोग गठन नगरिने, मदरसा तथा मस्जिदको ‘फन्डिङ’ (कोष परिचालन) र धार्मिक स्थलहरूमा प्रयोग गरिने लाउड स्पिकरको व्यवस्थापन लगायतका विषयमा समेत समझदारी भएको छ । वार्ताका क्रममा गृहमन्त्रीले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै कुनैपनि धार्मिक समुदायका पर्व र गतिविधिमा अवरोध वा हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको उहाँले जानकारी दिएका छन् ।

सरकारी पक्षबाट माग सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिवद्धता प्राप्त भएपछि हिन्दू सम्राट सेनाले नेपाल बन्दसहितका सम्पूर्ण विरोधका कार्यक्रमहरू तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ । अहिलेको परिस्थितिमा देशलाई अन्धकारतर्फ धकेलिन नदिन र शान्ति कायम राख्नका लागि वार्ता र सहमतिलाई प्राथमिकता दिइएको संगठनले जनाएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?